२०८१ आश्विन ५

मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणमा लुम्बिनी प्रदेश सरकार
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ५, शनिबार १२:०४ गते

बुटवल ५ असोज ।
लुम्बिनी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि विभिन्न योजना अगाडी बढाएको जनाएको छ । द्धन्द्ध घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातीको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वन भित्र संरक्षण पोखरी निर्माण लगायतका काममा जोड दिएको छ ।
बन्यजन्तुको बासस्थान नासिदै जाँदा, आहाराको अभाव हुदा र पानीका मुलहरु सुक्दा बन्जयन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको अवस्थामा प्रदेश सरकारले त्यसतर्फ ध्यान दिएको हो । बन्यजन्तुको सुरक्षित बासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए । वन्यजन्यमैत्री पोखरी निर्माणको कार्यक्रमलाई अगाडी बढाइएको उनले बताए । एक वडा एक पोखरी कार्यक्रम देखि पानीको रिचार्ज गर्न पनि कार्यक्रम अगाडी बढाइएको उनको भनाइ छ ।
वन्यजन्तुलाई पानी खोज्दै बस्तीमा जान नपरोस र वन्यजन्तुलाई वनमै राख्न सकिएको खण्डमा मानव वन्यजन्तु विचको द्वन्द्व घटाउन सकिन्छ भनेर पोखरी निर्माणमा जोड दिएको उनले बताए । यसबाट पानीको स्रोत पनि संरक्षण हुन्छ र वन्यजन्तुको प्यास पनि मेटाउछ’उनले भने–,‘वन्यजन्तुको बासस्थान सुधारका लागी प्रदेश सरकारले कार्यक्रम गरिरहेको छ ।’

गत वर्ष १३ वटा पोखरी निर्माण, यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता
गत आर्थिक बर्षमा ३१ वटा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको छ भने १३ वटा नयाँ संरक्षण पोखरी बनेका छन् ।प्रदेश सरकारले यस वर्ष पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव बन्यजन्तुको द्वन्द्व न्यूनिकरण गर्न वन्यजन्तु मैत्री पूर्वाधर निर्माण आवश्यक भएकाले सबै पक्ष संवेदनशिल हुनुपर्ने बताउछन् । एक्लो सरकारी निकायको प्रयासले मात्र मानव वन्यजन्तुको द्वन्द्व समाधान गर्न नसकिने भन्दै यसमा सबै निकाय विचमा सहकार्य हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिन्छन् ।
वन भित्र बन्यजन्तुको आहारा व्यवस्थापन देखि पानीको स्रोत बृद्धिमा योजना निर्माण गरेर काम थालिएको छ ।‘पुराना पानीका मुलहरु सुके । ति मुलहरुको संरक्षण गरेर फेरी पानी चल्ने बनाउनुपर्छ । सरकारले संरक्षण पोखरी संगै पुराना पानीको मुल संरक्षण गरेर बचाउन कार्यक्रम बनाएको छ’उनले भने,,‘वातावरणमा आउने असन्तुलनले मानव जीवन र पर्यावरणमा कस्तो असर पर्छ सबैलाई महशुस भएको बिषय हो । वन, वातावरण, जैविक विविधताको संरक्षणबाट सबैको अस्तित्व बचाउन सक्छौं ।’