२०८१ आश्विन ८
बुटवल, संचारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल सर्वसहमत निर्वाचित भएकी छन ।
बुटवलमा शनिबार आयोजित प्रदेशको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज, महासचिब मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषाकिरण पन्त चयन भएका छन् । यस्तै सदस्यहरुमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएका छन् ।
निर्वाचनका लागि अग्रज पत्रकार भरत केसीको संयोजकत्वमा निर्वाचन कमिटि चयन भएको थियो ।
समूहको साधारण सभा उद्घाटन कार्यक्रममा ५ जना अगुवा महिलालाई सम्मानित गरेको छ । जसमा रासस दाड.का संवाददाता नारायणी रजौरेलाई संघर्षशील पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरेको छ । यस्तै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीलाई संघर्षशील महिला नेताका रुपमा सम्मानित गरेको छ । यस्तै रुपन्देहीका उद्यमी रचना पन्त, सावित्रा टण्डन र मन्जु ज्ञवाली भुसाललाई संघर्षशील महिला उद्यमीका रुपमा सम्मानित गरेको छ ।
उद्घाटन सत्रमा बोल्दै मन्त्री रमा घर्तीले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि र प्रोत्साहनकालागि सहयोग गर्ने बताइन। उनले सत्य तथ्य र खोजी समाचारकालागि पत्रकार महिलाहरु मेहनती भएर लाग्न सुझाब दिइन ।
संविधान सभा सदस्य विनोद पहाडीले पत्रकार महिलाहरुको संघर्षलाई समाजको सहयोग रहेको बताए। कार्यक्रममा पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, प्रदेश महासचिव विक्रम खड्का, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सामुदायिक टेलिभिजन नेटवर्कका अध्यक्ष दिनेश पाण्डे, रासस लुम्बिनी प्रमुख भरत केसी, प्रस चौतारी नेपाल सचिव प्रदीप आचार्य , प्रेस संगठन लुम्बिनी उपाध्यक्ष रुद्रहरी कुंवर, दलित पत्रकार संघका विनोद कुमार परियार, प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, डब्लुडब्लु जेका अध्यक्ष कल्पना तिवारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।