२०८१ आश्विन ८

भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ८, मंगलवार १२:०७ गते

बुटवल ८ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवल उपमहानगरपालिकाको सभाहलमा ,ृिुगरेको सुशासन प्रबद्र्धन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै उनले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा ईमानदारीता आवश्यक पर्ने बताए ।
आफु नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको उनको भनाइ छ ।
प्रमुख सचिव महादेव पन्थको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुल्मी, पाल्पा, अर्घखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायत सरोकारवाला पक्षको सहभागिता थियो । लुम्बिनी प्रदेश सरकारले सुशासन प्रबद्र्धन तथा भ्रष्ट्रचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथी छलफल सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो निर्णयको रुपमा सुशासन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको प्रस्तावलाई स्वीकृत गरेका थिए । अहिले सोही कार्ययोजनाको मस्यौदामाथी सरोकारवाला पक्षसंग सुझाव संकलन गर्न थालिएको हो ।