२०८१ मंसिर २१

जिल्ला समन्वय समिति अर्घाखाँचीको बार्षिक समिक्षा
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ९, बुधबार ०९:३६ गते

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔंः मुख्यमन्त्री आचार्य
अर्घाखाँची, ९ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिती अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति अर्घखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको बार्षिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउनेगरी हुनुपर्ने बताए । उनले विगतमा गरिएका कामको समिक्षा गर्दै भावि योजना निर्माणमा जुट्न आह्वान पनि गरे ।
योजनाको समिक्षा नगरी अर्को योजना बनाउदा सफलता नमिल्ने भन्दै समिक्षाबाटै निकास खोज्न आह्वान गर्दै चालु आर्थिक बर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरे ।
जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास पनि उनले दिलाए ।
समिक्षा कार्यक्रममा प्रदेश सभा सदस्य रामजिप्रसाद घिमिरे, पुर्व मन्त्री शुशिला सिल्पाली ठकुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनाराण कोइरालाको अध्यक्षयतामा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका सदस्य कमलप्रसाद घिमिरेले गरेका थिए ।