२०८१ माघ ३

लुम्बिनी प्रदेशमा विपदबाट ४ दिनमा एक करोड ४३ लाखको क्षति
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १४, सोमबार १४:०० गते

बुटवल १४ असोज ।
लुम्बिनी प्रदेशमा पछिल्लो चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षती भएको छ । असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन् । यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन ।
विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ । ७ वटा गोठमा पनि क्षती पुगेको जनाइएको छ ।