२०८१ आश्विन २८
काठमाण्डौं १५ असोज ।
साइबर अपराध मुद्दामा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँ एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँ काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् ।
प्रहरीले पाँच वर्षसम्म कैद सजाय माग गरी उनीविरुद्ध केही बिद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको थियो।
उनीविरुद्ध दुई वटा मुद्दा दायर भएकोमा ५०–५० हजार रुपैयाँ धरौटी माग भएको हो।