२०८१ पुष ६

चाडपर्वमा सहज र सुरक्षित यात्रामा जोड
  • लुम्बिनी खोज
  • २०८१ आश्विन २१, सोमबार ०८:३२ गते

बुटवल,२१ असोज ।
चापर्वका समयमा सडकमा यात्रुको चाप बढी भएपनि सुरक्षित यात्रामा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । सुक्षित यात्राका लागि सडक तथा सवारी साधन ठिक हुनुपर्नेमा अहिले सडक चुनौतीपूर्ण बनेकाले बढी सजग भएर सवारी साधन चलाउनुपर्नेमा जोड दिइएको छ । बाढी पहिरोले ठाउ ठाउका सडक विग्रिएकाले सवारी चालकहरु बढी संवेदनशिल हुनुपर्नेमा पनि जोड दिइएको छ ।
यात्रुहरुलाई सहज र सुरक्षित यात्राको ब्यवस्थापन चुनौतीपुर्ण भएको अवस्थामा यातायात ब्यवसायीहरुले सहज यात्राका लागि विशेष ध्यान दिएको बताएका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिले बुटवलमा गरेको कार्यक्रममा सरोकारवालाहरुले क्षमता भन्दा बढी यात्रु सवार गर्न नहुने देखि लिएर ट्राफिक ब्यवस्थापन पनि राम्रो हुनुपर्नेमा जोड दिए ।
त्यस्तै यातायात ब्यवसायीहरुले पश्चिम नेपाल बस ब्यवसायी प्रालिसग नेपालमै महंगा र सुविधा सम्पन्न बसहरू रहेको भन्दै चाडपर्वका लागि आवश्यकता अनुसार विभिन्न रुटहरुमा सवारी साधन थप गरी चलाउन सकिने बताए ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले आम ब्यवसायीहरुको हकहितसंगै आम उपभोक्ताहरुको सुविधाको विषयमा संस्था सधै गम्भिर रहेको दावी गरे । आफुहरूसँग सुविधासम्पन्न र नेपालमै महंगा सवारी साधनहरू रहेको भन्दै आवश्यकता अनुसार चाडपर्वमा विभिन्न रुटमा थप सवारी चलाउन सक्ने क्षमता रहेको बताए । चाडपर्वमा सुरक्षित यात्राका लागि आफूहरुले विशेष जोड दिएको पनि उनले बताए ।
प्रालिका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले यात्रुहरुको सुरक्षित यात्रा गर्ने अभियानमा आफुहरू लागेको दाबी गरे । उनले सरोकारवाला निकायहरुसंग समन्वय गरि सहज र सुरक्षित यात्राको ब्यवस्था मिलाएको दाबी पनि गरे ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले धेरै यात्रुहरुको चाप हुने बसपार्कको सुरक्षा गतिविधिलाई सिसिटिभि क्यामराबाट निगरानी, सरसफाई, शौचालयलाई ब्यवस्थापन लगायतको काम भएको भन्दै उनले यसमा सबै नगरबासीको साथ र सहयोग जरुरी रहेको बताए ।बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले सबै ब्यवसायलाई मर्यादित र ब्यवस्थित रुपमा सञ्चालन गर्ने तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले चाडपर्व नजिकिएसंगै आम जनसमुदायको सुरक्षा, सहजताको विषयमा योजना बनाउने गरेको भन्दै बढि भाडा लिने, क्षमताभन्दा बढि सवारी चढाउने जस्ता गुनासोप्रति विशेष चासो दिएर रोक्नेतर्फ आफुहरु लागेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले यात्रुलाई सुरक्षित रुपमा गन्तब्यमा पु¥याउने प्रमुख जिम्मेवारी यातायात ब्यवसायीको भएको बताए ।
कार्यक्रममा प्रालिले बुटवल अटो ईन्जिनियरिङ एशोसियसनमा निर्वाचित अध्यक्ष प्रेम गौचनसहित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडमा निर्वाचित पदाधिकारीहरुलाई समेत सम्मान गरिएको प्रालिका कोषाध्यक्ष मोहन पिएसले जानकारी दिए ।


सो अवसरमा दुर्घटनामा ज्यान गुमाएका प्रालिका सहचालक एवं पश्चिम नेपाल बहुउदेश्यीय सहकारी संस्थाका शेयर सदस्य सन्तोष बिकको परिवारलाई बिमा वापतको रकम हस्तान्तरण गरिएको थियो । परिवारका सदस्य श्रीमति बिबिता श्रीष र छोरा कुशल सुनार (नाबालक) लाई १५ लाख रुपैया रकम हस्तान्तरण गरिएको हो । एउटा कर्मचारीको परिवारको हितमा संस्थागत रुपमा ठुलो सहयोग गर्न सफल भएको अध्यक्ष खरेलले बताए । विगतबाट नै कर्मचारी र ब्यवसायीहरुलाई समेटेर सहकारीमा जोड्ने काम गरेको उनले दाबी गरे ।