२०८१ पुष ६
काठमाडौ,२२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ । ३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।
परिसूचकमा उच्च गिरावट हुँदा आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूह भने आन स्थिर रहेको छ । आज बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स कम्पनी उपसमूहको २.७६ प्रतिशतले भएको छ । बैंकिङ र माइक्रोफाइनान्स उपसमूहबाहेक बाँकी सबै उपसमूहका परिसूचकहरू एक प्रतिशत भन्दा धेरैले घटेको छ ।