२०८२ माघ २७
बुटवल, ८ चैत ।
तिलोत्तमा, चैत ८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित हुने तिलोत्तमा सम्भवत मुलुककैं पहिलो नगरपालिका हो ।
कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एग्रिडेशन पÞmाउण्डेशन (युएएफ) अमेरिकाले नगरपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको छ ।
मंगलबार नगरपालिकामा आयोजित कार्यक्रममा आइएसओ सर्टिफिकेशन नेपालका निर्देशक सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरे ।
तिलोत्तमाले विभिन्न सूचक पार गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो स्थानीय तह बनेको निर्देशक शर्माले बताए । नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको उनले स्पष्ट पारे । उनले देशभरमा अन्य पालिकाहरुले समेत अन्तर्राष्ट्रिय गुणस्तर लिन प्रक्रिया अगाडी बढाइरहेको जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले सबैको सहकार्यले नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको बताउँदै सबैप्रति आधार व्यक्त गरे । उनले ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी, जनप्रतिनिधि नगरबासीहरुको महत्वपूर्ण भूमिका रहने बताए।
सो अवसरमा नेकपा एमालेका जिल्ला सचिव यज्ञ गैरे, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा , उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली लगायतले बोल्दै नगरपालिकाले एक पछि अर्को गर्दै प्राप्त गरेको सफलताले नगरबासीको शिर उच्च बनाएको बताए । विभिन्न राजनीतिक दल, संघ–संस्था, सञ्चारकर्मी, कर्मचारी, टोल विकास संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम भएको थियो ।