२०८१ मंसिर ८

रवि लामिछानेलाई अदालतमा पेस
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ४, आईतवार ०८:१७ गते

पोखरा ४ कात्तिक ।
सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनी शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको थियो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो । शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो । लामिछाने समर्थकले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि पोखरामा प्रहरीसँग धकेलाधकेलको स्थितिसमेत बनेको थियो ।