२०८२ कार्तिक २८

बुटवल सिटि सेन्टर सञ्चालनमा
  • लुम्बिनी खोज
  • २०७८ चैत्र ९, बुधबार १६:४७ गते
 बुटवल ९ चैत । बुटवल मिलनचोकमा निर्माण गरिएको १० तले बुटवल सिटि सेन्टर बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । करिब ८ कठ्ठा क्षेत्रफलमा निर्मित यस भवनमा सिनेमाहल, होटल सञ्चालनमा ल्याइएको छ । यस भवनमा बैंक सहितका विभिन्न सेवा पनि उपलब्ध हुन थालेको छ । यस सिटी सेन्टर भवनमा सञ्चालनमा ल्याइएको होटल पाम ईन्टरनेशनल अन्तराष्टिय सुविधाको रहेको होटेल पाम इन्टरनेशनल, बुटवल सिटि सेन्टर प्रा लिका अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले बताए ।
उनका अनुसार यहा स्वीमिङ पूल, स्पा, क्यासिनो लगायतको सुविधा पनि मिल्ने गरी निर्माण भइरहेको छ । यी सुविधा समेत जोड्दा करिब एक अर्ब लगानी हुने श्रेष्ठले बताए । होटेल पाम ईन्टरनेशनलमा स्विट, मिनि स्विट सहित ४२ वटा लक्जरी कोठा रहेका छन । ३ सय जना क्षमताको सेमिनार हल समेत रहेको छ । उक्त भवनमा झण्डै दुइ दुइ सय जना अट्ने २ वटा सिनेमा थिएटर रहेका छन । यहा बिहीबारदेखि सिनेमा हल पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन । एउटै तलामा २ वटा स्क्रिन रहेको थिएटरमा दैनिक चार सो सञ्चालन हुने छन् । उक्त थिएटरमा मनिङ सो मा ५० प्रतिशत छुटको व्यवस्था छ । यहा थ्री डी डिभाइस समेत जडान गरेर हेर्न सकिने छ ।