२०८१ कार्तिक ९

रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ८, बिहीबार १२:२२ गते

पोखरा ८ कात्तिक ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि लामिछानेलाई ४ कात्तिकमा अदालतबाट ६ दिन म्याद थप भएको थियो।