२०८१ मंसिर ७

भुक्तानी बारे निर्माण ब्यवसायीले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक १२, सोमबार ११:०३ गते

बुटवल १२ कात्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत बर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरु संग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिए ।
संघीय सरकारले वित्तिय समानिकरण अनुदान तर्फको दुई अर्ब १० करोड रकम गत आर्थिक वर्षमा नपठाउदा प्रदेशमा दायित्व थपिएको थियो । मुख्यमन्त्रीले सो दाथित्व थप र निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको उल्लेख गरे ।
निर्माण व्यवसायीले इमानदारी भएर काम सम्पन्न गर्नुपर्ने भन्दै उनले समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुन अनुसार दण्डित गरिने बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवासायीहरुले भोगेका समस्याहरु समाधान गर्नेगरी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । भुक्तानी रोकिएको बारेमा ध्यानाकर्षण गराउदै छिटो भुक्तानीको लागि आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघ केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वहरु संग मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव महादेव पन्थ, सचिव ईश्वरराज पौडेल, कृष्ण पौडेल लगायतले छलफल गरेका थिए ।
प्रदेश प्रयोगशाला
लुम्बिनी प्रदेशमा निर्माण सामाग्रीको गुणस्तरीय परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकार र निर्माण व्यवसायसीको संयुक्त लगानीमा प्रयोगशाला स्थापना गरिएको छ । यो प्रयोगशाला सरकारी र निजि क्षेत्रको साझेदारीमा सञ्चालनको योजना बनाइएको छ । निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रदेश स्तरीय प्रयोगशाला भालुबाङमा स्थापना गरिएको छ । जसमा प्रदेश सरकारको एक करोड र निर्माण व्यवसायी महासंघको ९० लाख लगानी छ ।