२०८१ कार्तिक १४

२९ तोला सुन सहित २ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक १३, मंगलवार १६:१५ गते

बुटवल १३ कात्तिक ।
बुटवलबाट प्रहरीले २९ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ । बुटवल उप–महानगरपालिका वडा नं. ८ रामनगर स्थित पुर्व– पश्चिम राजमार्गमा एक यात्रु वाहक बसलाई चेक जाच गर्ने क्रममा प्रहरीले सुन सहित २ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कृष्णनगर कपिलवस्तुबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छली गरी अवैध रुपमा सुन ल्याएको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाच गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रही कार्यालय बुटवल रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले लु २ ख ६५४२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा अन्दाजी ४९ लाख ५४ ५४ हजार ८सय १७रुपैया वरावरको पहेलो रङको सुन जस्तो देखिने बिस्कुट आकारको धातु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपक्षिक लक्ष्मी खनालले जानकारी दिइन् । पहेलो रङको सुन जस्तो देखिने बिस्कुट आकारको धातु २ थान रहेको र यसको तौल २९ तोला ५८.१ लाल (३४५.०४ ग्राम) रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३३ को अकबर अलि मिया र कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं.७ बस्ने बर्ष ३७ को अर्घाखाँची सुनचादी प्रहरीले थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जनाएको छ ।