२०८१ कार्तिक १८
बुटवल १४ कात्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा बर्दिया गुलरिया नगरपालिका–४ का लक्ष्मणराज ज्ञवाली नियुक्त भएका छन् ।
एमाले बर्दिया इन्चार्ज र केन्द्रीय सदस्य ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकारमा नियुक्त गगरेका हुन् । स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादक लगायत विभित्र सामाजिक संघ संस्थामा काम गरेका थिए । पञ्चायत कालमा भूमिगत जीवन विताएका ज्ञवालीले ८ बर्ष जेल जीवन समेत विताएका थिए ।
अनेरास्ववियूको केन्द्रिय सदस्य हुदै युवा संघको राजनीति गरेका ज्ञवालीले लुम्बिनी प्रदेशलाई सबैहिसावले सफल बनाउनेगरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् ।