२०८१ मंसिर २०

सुन तोलामा दुई हजारले बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २३, शुक्रबार ०८:४८ गते

बुटवल २३ कात्तिक ।
आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार ९६० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।