२०८१ मंसिर २१

संघसंस्थावीच फुटसल प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २४, शनिबार १३:२१ गते

बुटवल, २४ कार्तिक ।
रुपन्देही व्यापार सघले २५ वर्ष प्रवेशका अवसरमा भएको संघसंस्थावीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले जितेको छ ।
संघले आफ्नो रजत महोत्वसका अवसरमा गरेको साताव्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनलाई फाइनलमा ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही विजेता हुन सफल भएको हो । फाइनलमा खेलकुद पत्रकार मञ्चले पहिलो हाफमा २ गोल गरेको थियो भने थप २ गोल दोस्रो हाफमा गरेको हो ।
विजेता बनेको खेलकुद पत्रकार मञ्चले फाइनल पुग्नु अगाडी भएका खेलमा रुपन्देही उद्योग संघलाई ६–१ तथा पश्चिम नेपाल वस व्यवसायी प्रालिलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा विभिन्न १० वटा संघसंस्थाको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताका लागि २५ हजार र उपविजेताका लागि नगद १५ हजार पुरस्कार राखिएको छ ।


प्रतियोगिताको उद्घाटन संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले गरेका थिए । उद्घटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारी, सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम संयोजक प्रेमनाथ पाण्डेले गरेका थिए ।
संघले रजत महोत्सव अन्तर कार्तिक २२ गतेबाट सुरु गरेको साता व्यापी कार्यक्रम अन्तरगत २५ गते आईतबार संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता गरिने संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए ।
संघले २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।
कार्तिक २७ गते प्रभातफेरी कार्यक्रम गरिने छ भने सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ भने रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।