२०८१ मंसिर २१

व्याडमिण्टन प्रतियोगिताः नेपाल र ढुङ्गानाको जोडी प्रथम
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २५, आईतवार १३:११ गते

बुटवल, २५ कार्तिक ।
रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आइतवार बुटवलमा संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गल्ला वस्तुगत उपसमितिका विश्वास नेपाल र मनोज ढुङ्गानाको जोडी प्रथम भएको छ ।
प्रतियोगितामा युवा उद्यमी उपसमितिको जोडी टिकाराम न्यौपाने र विरेन्द्र केसीलाई फाइनलमा पराजित गर्दै नेपाल र ढुङ्गानाको जोडी पहिलो भएको हो । यसैगरि जुत्त चप्पल र व्याग उपसमितिको जोडी सनम थापा र कृष्णबहादुर राना तथा किरण राना र सुरज खनाल तेस्रो भएका छन् ।
संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा विभिन्न उपसमितिका २० जोडी सहभागी रहेका थिए । हार्डवेयर र जुत्ताचप्पल वस्तुगत उपसमितिको सहकार्यमा भएको प्रतियोगिता बुटवल व्याडमिण्टन क्लबको कर्वडहलमा आयोजना गरिएको थियो भने मुख्य रेफ्रीको भूमिका अर्जुन कार्कीले निभाएका थिए।
प्रतियोगिताको उद्दघाटन संघका पूर्व अध्यक्ष यमलाल लोहनीले गरेका थिए। उद्दघाटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले गरेका थिए । सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम हकार्डवयर वस्तुगत समितिका संयोजक पारशमणी पोखरेलले गरेका थिए ।
संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साता व्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साता व्यापी कार्यक्रम अनुसार कार्तिक २६ गते रक्तदान कार्यक्रमको आयोजना गरिदैछ । संघको भवनमा आयोजना हुने रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्रको सहयोगमा गरिने कार्यक्रम संयोजक प्रकाश ढकालले बताए।

कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण तथा प्रभातफेरी कार्यक्रम गरिने जनाइएको छ । सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ ।
रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।