२०८१ मंसिर ६

रवि लामिछानेको बयान भोलि पनि जारी रहने
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २७, मंगलवार १४:३४ गते

खोरमा थुनिदैमा बाघ स्याल हुँदैनःलामिछाने

बुटवल २७ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसगको बयान बुधवार पनि हुने भएको छ । लामिछानेसग मंगलबार रुपन्देहीमा ३ घण्टा ३५ मिनेट वयान लिइएको थियो । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका उनलाई सरकारी वकिलको कार्यालयमा वयान लिइएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिबक्ता प्रेमराज पौडेलले मंगलवार दिउसो सवा १ बजेबाट शुरु गरिएको वयान ४ बजेर ५० मिनेटसम्म जारी रहेको बताए । उनले बुधवार सवा १० बजेबाट बयान लिइने बताए । सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे तीन घण्टा भन्दा पनि बढी समय बयान दिएर निस्किदै गर्दा उनले आफ्ना सर्मथक तथा त्यहा उपस्थीत भएकाहरु तफै फर्केर हात हल्लाउदै भने, खोरमा थुनिदैमा बाघ स्याल हुँदैन् ।
मंगलवार बयान पछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ । जिप्रकाका प्रमुख प्रहरी उपरिक्षक रन्जित सिंह राठौरले लामिछानेलाई मंगलवार जिप्रकामा नै राखिने र बुधवार पुन वयान का लागि सरकारी वकिलको कार्यालयमा लगिने बताए ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की लगिएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंगलवार भैरहवा ल्याइएको थियो ।
यसैबीच मंगलवार भैरहवामा सहकारी पीडित तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले प्रर्दशन गरेका छन् । सहकारी पीडितहरुले बचत फिर्ताको माग राखेका थिए । उनीहरुले भैरहवाको बुद्धचोक तथा सरकारी वकिल कार्यालय नजिकै प्रदर्शन गरेका थिए।
े रास्वपाका कार्यकर्ताहरुले पनि मंगलवार भैरहवामा सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध बन्द गर, निर्दो फसाउन पाइदै जस्ता नारा लगाउदै रविको पक्षमा नारावाजी गर्दै प्रर्दशन गरेका थिए ।