२०८१ मंसिर १८
बुटवल २८ कात्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई उन्नत गहुँको बिउ बितरण सुरु गरेको छ । नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई उन्नत गहुँको बिउ बितरण सुरु गरेको हो ।
जात नखुलेका बिउ बिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धी गर्ने उदेश्यले बिउ बितरण गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए ।
बजारमा पाईने कम गुणस्तरको बिउ लगाउदाँ दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षीत गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरिएको उनले बताए । कृषकको कृषि योग्य जमिनको आधारमा कम्तिमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागीएको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रशाद यादवका अनुसार बितरणको लागि कृषि सामग्री कम्पनीबाट आठसय बोरा मल ल्याईएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैया पर्छ, भने यसमा नगरपालिकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।