२०८१ मंसिर १८
बुटवल २९ कात्तिक ।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान रुपन्देहीमा सकिएको छ । उिनीसग तीन दिनसम्म ७४ प्रश्नमा झण्डै २३ घण्टा सवालजवाफ गरिएको छ ।
२३ घण्टाको बयानमा उनीसग रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको सम्वन्धमा विभिन्न प्रश्न सोधिएको थियो । बयानमा उनले सहकारीको रकम दुरुप्रयोगमा आफ्नो संलग्नता अस्वीकार गर्दै जवाफ दिएको स्रोतले बताएको छ । बिहिवार उनीसग विहान सवा १० बजेबाट बयान लिन शुरु गरिएको थियो बयान लिने र तीन दिनसम्मको बयान रुजु गर्ने र अन्तिम रुप दिदा राती ८ बजेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिबक्ता प्रेमराज पौडेलले बिहान सवा १० बजेबाट बयानको काम शुरु गरी अन्तिम रुप दिदा राती ८ बजेको बताए ।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका उनलाई सरकारी वकिलको कार्यालयमा मंगलवारदेखि बिहिवारसम्म वयान लिइएको थियो । लामिछानेसग बयान लिन ९ जनाको टिम खटिएको थियो । ५ जना अनुसन्धान अधिकृतसहित सरकारी वकिलहरुको टिम खटिएको थियो ।
बिहिवार दिउसो बयान सकेर साझ पोखरा पठाउने तयारी गरिएपनि बयान साझ अबेर सम्म भएपछि लामिछानेलाई भैरहवामा राखिएको छ । लामिछानेलाई बिहिवार पनि जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको जिप्रकाका प्रमुख प्रहरी उपरिक्षक रन्जित सिंह राठौरले बताए ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की लगिएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंगलवार भैरहवा ल्याइएको थियो ।