२०८१ मंसिर ६

अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न भएको आरोपमा १४ जना भारतीय पक्राउ
  • लुम्बिनी खोज
  • २०८१ मंसिर ४, मंगलवार १६:०२ गते

बुटवल ४ मंसिर ।
अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न भएको आरोपमा १४ जना भारतीय पक्राउ परेका छन् ।
मंगलवार बिहान सिद्धार्थनगर नगरपालिका वडा नं. ३ सगुनिपथ स्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनलाइन गेम मार्फत (जुवा सट्टाबाजी) अबैध रुपमा सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १४ जनालाई पक्राउ गरेको हो । जिप्रकाका अनुसार वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाइ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु लर्डस एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७, स्याफरोन, ताज००७, क्लासिकएक्ससीएच९९, गोएक्ससीएच९ लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाइन बेटिङ (जुवा सट्टावाजी) संचालन गरीरहेको अवस्थामा सट्टेवाजीमा प्रयोग भएका उपकरणहरुसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा
१) भारत हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थाना बस्ने बर्ष ३३ को साहिल सोडा ।
२) भारत उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुर बस्ने बर्ष १८ को श्याम गुप्ता ।
३) भारत उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्ट बस्ने बर्ष २० को रवि जैशवाल ।
४) भारत हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिस बस्ने बर्ष २४ को अनुराग सिंह ।
५) ऐ.ऐं बस्ने बर्ष १९ को नितेश बर्मा ।
६) भारत उत्तर प्रदेश गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थाना बस्ने बर्ष २१ को दिपक जैशवाल ।
७) भारत उत्तर प्रदेश गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिस बस्ने बर्ष २२ कको रजत कुमार ।
८) भारत उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्ट बस्ने बर्ष १८ को लक्की जैशवाल ।
९) भारत उत्तर प्रदेश गोरखपुर जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थाना बस्ने बर्ष २१ को सतेन्द्र कुमार ।
१०) ऐ.ऐ बस्ने बर्ष २५ को अबधेश कुमार ।
११) ऐ.ऐ. बस्ने बर्ष १८ को मोहित कुमार ।
१२) भारत उत्तर प्रदेश गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्ट बस्ने बर्ष २० को प्रियान्सु जैशवाल ।
१३) ऐ.ऐ. बस्ने बर्ष १९ को मनिष पासवान ।
१४) भारत उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्ट बस्ने बर्ष २५ को शिवम सिंह ।
उनीहरुलाई रुपन्देही जिल्ला आदालतमा पेश गरी अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।

जिप्रकाका प्रहरी नायव उपरिक्षक नविन पौडेलका अनुसार उनीहरुबाट बिभिन्न कम्पनिको मोवाईल सेटहरु ४० थान र बिभिन्न कम्पनिका ३ थान ल्यापटप र २ थान राउटर बरामद गरेको छ ।