२०८१ मंसिर ६
बुटवल ५ मंसिर ।
नेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्रा.लि. ले मंसिर ५ गते देखि मंसिर १४ गते सम्म मेगा सर्भिस क्याम्प २०२४ सुरु गरेको छ । ग्राहकको मागलाई मधयनजर गर्दै यही ५ गते देखी १४ गते सम्म देशभरका वर्कशपहरु बाट स्पेयर पार्ट्समा ५०, लुब्रिकेन्टमा ३०, र लेबरमा २० प्रतिशतसम्म छुट को अफर कम्पनीले ल्याएको कम्पनीका कस्टुमर सर्भिस प्रमुख सुमन धमलाले जानकारी दिएका छन ।
नेपालमा २०१४ बाट सुरु भएको एस कम्पनीले देशभर भारतबेन्ज ब्रान्डको ट्रक र टिप्पर बिक्री बितरण गर्दै आएको छ ।