२०८१ मंसिर ८
बुटवल ८ मंसिर ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीको अध्यक्षमा जीवन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट २ वर्षे कार्यकालको लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर क्षेत्री, उपाध्यक्षमा सुवास घिमिरे, सचिवमा सुरेशचन्द्र भट्टराई, कोषाध्यक्षमा कमला बस्नेत कुवँर र सहकोषाध्यक्षमा रघुप्रसाद खनाललाई चयन गरिएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यमा पार्वती श्रेष्ठ, कृष्ण घिमिरे, नारायण बस्याल, प्रताप केसी, विष्णुप्रसाद गौतम, दीपक श्रेष्ठ, मनोजकुमार गुप्ता र सञ्जय पाण्डे सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी गराए ।
निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत कार्कीले पद तथा गोपनीयताको सपथग्रण गराए । त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष जीवन अधिकारीले क्यान महासंघको गरिमा माथि उठाउने गरि व्यसायिक हकहितका लागि सेवा शुल्क निर्धारण गर्ने प्रतिवद्धता व्यक्त गरे ।