२०८१ मंसिर २१

आयल निगमको भण्डारण गृह निर्माणका लागि सम्झौता
  • लुम्बिनी खोज
  • २०८१ मंसिर १२, बुधबार १५:२५ गते

बुटवल १२ मंसिर ।
रुपन्देहीको रोहिणी नदी किनारस्थित जग्गामा नेपाल आयल निगमको आधुनिक डिपो निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्न काठमाडौं विश्वविद्यालय ९केयू० सँग बुधवार सम्झौता भएको छ ।
बुधबार भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौं विश्वविद्यालय ९कन्सल्टेन्सी विभाग० का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डीपीआर तयार गर्नेछ । डीपीआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मंसिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिए ।
भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको भलवारीमा हालको लुम्बिनी प्रादेशिक कार्यालय छ । यहाँ भण्डारण क्षमता कम भएको र जग्गा अभावका कारण ट्याङ्करलाई यथेष्ट पार्किङस्थल उपलब्ध गराउन नसक्दा नयाँ डिपो निर्माण गर्न लागिएको उपनिर्देशक यादवले बताए ।
अमेरिकन पेट्रोलियम इन्स्टिच्युट ९एपीआई० मापदण्डअनुसार निर्माण हुने डिपोमा नवीन प्रविधिको सुरक्षा प्रणाली जडान गरिने परियोजना प्रमुख यादवले जानकारी दिए ।
निर्माण सुरु भएको तीन वर्षमा सक्ने योजना रहेको परियोजनाको कुल लागत तीन अर्ब २० करोड रुपैयाँ हुने प्रारम्भिक अनुमान छ ।
निगमसँग विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौं, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । कार्यक्रममा केयुका डिन प्रोफेसर मनिष पोखरेलले केयु अनुसन्धान क्षेत्रकै विश्वविद्यालय भएकाले यहाँको काम पूरा गर्न दक्ष जनशक्ति रहेको जनाए ।भलबारी डिपो प्रमुख ईं सैलेन्द्र भुसालले ०३६ सालमा बनेको सानो संरचनाले अहिलेको मागलाई थेग्न नसकेकोले नयाँ स्थानमा व्यवस्थापन गर्न थालिएको बताए ।निगमका प्रबन्धक रामहरि निरौलाले भण्डारण गृहका लागि काठमाडौं विश्वविद्यालयसँगको सम्झौताले छिटो काम बन्ने आधार तय भएको बताए ।