२०८१ मंसिर २०
बुटवल १९ मंसिर ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झण्डै २५ अंकको गिरावट आएको छ । आज बुधवार नेप्से परिसूचक २४.९७ अंकले घटेर दुई हजार ७५०.८७ को विन्दुमा कायम भएको छ ।
आज ३२० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर ९६ हजार ६७७ पटक खरिद–बिक्री भएका छन् । सो खरिद –बिक्री हुँदा रु. नौ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी व्यापार समूह ८.७२ प्रतिशतले घटेको छ । बैंकिङ ०.३४, विकास बैंक १.४, वित्त १.२४, होटेल तथा पर्यटन ०.४० र लगानी समूह ०.०२ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा १.५०, म्युचुअल फन्ड ०.३४, निर्जीवन बिमा ०.३३ र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।