२०८१ पुष ८
बुटवल २० मंसिर ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लगानीको वातावरण बनाउने बताएका छन् । मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको भन्दै उनले व्यवसायीहरुलाई निराश नहुन आग्रह गरेका छन् ।
सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मूलुक चलायमान बनाउने दावी गरे ।
गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न पनि पौडेलले आग्रह गरे। ‘विमानस्थलबारे सरकारले गरेका निर्णयहरु क्रमशः कार्यान्वयन हुँदैछन्। निजि क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ। कसरी चल्छ, हामी चलाएर देखाउँछौं,’ पौडेलले भने।
सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा सुरु भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त बनाएर पर्यटक आकर्षित गर्नुपर्ने धारणा पनि राखे ।