२०८१ पुष ७
कालिकाबाट सिक्न जरुरी छः पुर्वमुख्यमन्त्री गिरी
बुटवल २ पुस ।
देशकै उत्कृष्ट विद्यालय मध्येको एक कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिका नगर सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले मुलुककै उत्कृष्ट विद्यालयको रुपमा कालिका मानवज्ञान माविले प्रमाणीत गरेको बताए । शिक्षक, विद्यालय व्यवस्थापन समितिसहित सबैको मिहिनेतबाट शैक्षिक क्षेत्र सुधारमा सबैजना लाग्नुपर्नेमा जोड दिएका उनले सबै लागि परेमा अन्य सामुदायीक विद्यालयको पनि शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिने धारणा राखे । उनले मिहिनेत गरे उत्कृष्ट नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको भन्दै कालिकाबाट अरुले पनि सिक्नुपर्ने बताए ।
स्थानीय, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यालयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै उनले कमजोरीहरु हटाउदै आगामी दिनमा सुधार गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमलले कालिका मानवज्ञान माविले खेलकुदको क्षेत्रमा गरेको लगानी सह्रासनीय भएको बताए । उनले खेलकुदको विकासको लागि प्रदेशले योजनाबद्ध विकास गर्ने गरी कार्यक्रम अगाडी बढाएको धारणा राख्दै सामुदायिक विद्यालयले खेलकुदका गतिविधिहरु अगाडी बढाउनको लागि विद्यालय देखि नै योजना बनाएर अगाडी बढ्नुपर्ने बताए ।
मदन भण्डारी स्पोट्स एकेडेमीका केन्द्रीय अध्यक्ष धुब्र आचार्यले अव खेलकुद विदालाई अनिवार्य विषयको रुपमा सुरुवात गर्नुपर्ने बताए ।
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कालिका मानवज्ञान हरेक क्षेत्रमा उत्कृष्ठ विद्यालयको रुपमा अब्बल बन्न सफल भएको बताए ।
नेपाल खेलकुद विद्यालय महासंघका अध्यक्ष लेखनाथ पौडेलले शिक्षा संग संगै अतिरिक्त क्रियाकलापमा कालिका मानवज्ञान माविले अब्बल सावित गर्दै आएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शिक्षक, अभिभावक, प्रशिक्षक सबैको साझा पहलबाट अहिलेको सफलता प्राप्त भएको बताएका थिए । उनले विद्यालयले खेलकुद गतिविधीलाई राष्ट्रिय देखि अन्र्तराष्ट्रिय रुपमा समेत नाम कमाउनको लागि सबैको सहयोग रहेको पनि बताए । उनले क्रिकेट, भलिवल, फुटवल लगायतका खेलकुदमा कालिकाका विद्यार्थीहरुको योगदान राष्ट्रमा नै उच्च रहेको बताएका थिए । विद्यालयले खेलकुदको आधारस्तम्भ खडा गर्न सफल भएको भन्दै उनले कालिका कपको निरन्तरता एउटा उदाहरण समेत भएको बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलकुदले एकताको प्रर्दशन गर्ने भन्दै विद्यालयले लामो समय देखि शैक्षिक वातावरण सहित खेलकुदका विविध गतिविधीहरुलाई अगाडी बढाउँदै आएको बताएका थिए ।