२०८१ पुष ७
बुटवल ३ पुस ।
सेयर बजार परिसूचक (नेप्से) बुधवार ५.६० अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार करिब तीन अंकले बढेको नेप्से आज बुधबार ५.६० अंक (०.२१ प्रतिशत) ले घटेर २६२८.२६ बिन्दुमा झरेको छ ।
आज बुधबार ८१ कम्पनीको सेयर मूल्य बढको छ भने १ सय ४९ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने यथावत छ । बुधबार समग्र बजारमा ४ अर्ब २७ करोड ८२ हजारको कारोबार भएको छ । आज ८१ लाख ४७ हजार ३ सय २० कित्ता सेयर कारोबार भएको छ ।