२०८१ पुष १२
बुटवल ३ पुस ।
बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्तरगत बुधार विभिन्न प्रतियोगीता भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल, छात्र छात्रा कबड्डी प्रतियोगीताका विभिन्न चरण सम्पन्न भएका हुन ।
भलिवल प्रतियोगीता तर्फ छात्रातर्फ पशुपती मावि र दिप बोडिङ्गका विचमा भएको खेलमा वाक ओभर पाएर दिप विजयी भएको छ । यस्तै नविन मावि र सिद्धार्थ बोडिङ्गको विचमा भएको खेलमा नविन मावि २–१ सेटले विजयी भएको छ ।
सगरमाथा मावि र कान्ती माविका विचमा भएको प्रतियोगीतामा कान्ती मावि २ सेट पुरै जित्दै विजयी भएको छ । यस्तै बुद्ध पब्लिक ईंग्लिस बोर्डीङ्ग स्कुल र शंकर नगर दुगादत्त माविका विचमा भएकोमा २–० सेटले बुद्ध पब्लिक मावि विजयी भएको हो ।
यस्तै छात्र तर्फ ७ वटा खेल भएका छन् । पहिलो कालिका मावि र क्यान ईग्लिस बोडीङ्गका विचमा भएकोमा २–० सेटले कालिका विजयी भएको छ । यस्तै नविन मावि र सगरमाथा बोडीङ्गका विचमा भएकोमा नविन २–० सेटले विजयी भएको छ । नयाँ गाउँ मावि र दिप बोडीङ्गका विचमा भएको खुलमा दिप मावि २–० सेटले विजयी भएको हो । यस्तै बुद्ध पब्लिक मावि र जनज्योति माविका विचमा भएकोमा ज्जनज्योति मावि २–१ सेटले विजयी भएको हो । एभरेष्ट मावि र कान्ती माविका विचमा भएकोमा एभरेष्ट मावि २ वटै सेट जित्दै विजयी भएको छ । न्युहोराईजन मावि र सिद्धार्थ बोडिङ्गको विमा भएको प्रतियोगीतामा २ सेट जित्दै न्युहोराईजन विजयी भएको हो । यस्तै उजिरसिंह मावि र मणिमुकुन्द माविका विचमा भएकोमा मणिमुकुन्दले २ सेट पुरै जित्दै विजयी भएको हो ।
१५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन् ।यस्तै छात्रा तर्फ पशुपती माविका चाँदनी पासी प्रथम भएकी हुन ।
यस्तै १०० मिटर दौडमा छात्र तर्फ जनज्योति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी छिन् ।
४वाई १०० मिटर रिल दौडमा छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रीती थापा, प्रकृति घिमिरे, सृजना कडायतको समुह प्रथम भएको हो ।
यस्तै छात्र तर्फ जनज्वोति माविका सुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली, अल्बीजी गुरुको समुह प्रथम भएको हो ।
४०० मिटर दौडमा पशुपती माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रा तर्फ पशुपती माविकै करिस्मा सिंजाली प्रथम भएकी हुन ।
यस्तै २०० मिटर दौडमा जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ गाग्री एकेडेमीका नमिता भुषाल प्रथम भईन् ।
८०० मिटर दौडमा न्यु होराईजन माविका आयुश थापरु प्रथम, छात्रा तर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भईन् ।
४ वाई ४०० रिले दौडमा पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समुह प्रथम भएको छ । यस्तै छात्रा तर्फ पशुपती माविका पुजा चौधरी, अस्मिता थारु, करिस्मा सिंजाली, चादनी पासीको समुह प्रथम भएको हो ।
यस्तै कबड्डी तर्फ बुधार सम्पन्न प्रतियोगीतमा पहिलो खेलमा न्युहोराईजन र पशुपती माविका विचमा भएकोमा होराईजन वाक ओभर सहित विजयी भएको छ । यस्तै नविन औद्योगीक मावि र गाग्री एकेडमीको विचमा भएकोमा गाग्री एकेडमी विजयी भएको हो ।
यस्तै अर्को पाचौ प्रतिस्पार्धामा ईडन मावि र उजिर सिंह माविका विचमा भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ ।
छात्रा कबड्डी तर्फ ईड्न मावि र पशुपती माविका विचमा भएकोमा वाक ओभर सहित ईड्न मावि विजयी भएको छ । यस्तै बुद्ध पब्लिक मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको हो ।
कलिका मानवज्ञान मावि र मणिमुकुन्द माविमा विचमा भएको प्रतियोगीतामा कालिका मानवज्ञान मावि विजयी भएको छ । केरवानी मावि र नविन औद्योगीक माविका विचमा भएको प्रतियोगीतामा नविन औद्योगीक मावि विजयी भएको हो । ईड्न मावि र होराईजन माविका विचमा भएको खेलमा होराईजन माविले वाक ओभर पाएर विजयी भएको छ ।