२०८१ पुष ८
भैरहवा ८ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासगं साझेदारी गर्न बेलायती दुतावासले चासो देखाएको छ । नगरमा रोजगारी सिर्जना गर्न, बालविकास कार्यक्रम, प्रणाली सुधार, नव प्रवद्धन कार्यक्रम, स्थानिय पुर्वाधार बिकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दुतावासले चासो देखाएको नगरपालिकाले जनाएको छ ।
नेपाल सरकार मार्फत स्थानीय तहहरुमा विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको बेलायत सरकारले आफ्ना दुतावासका कर्मचारीहरु मार्फत सिद्धार्थनगर नगरपालीका प्रमुख ईस्तियाक अहमद खाँ, प्रमुख प्रशसकीय अधिकृत जनक थापासगं भेट गरी यहाँको बस्तु स्थिती बारे बुझेको छ ।
भेटको क्रममा दुतावासका शुसासन सल्लाहकार मधु विश्वकर्माले रोजगार सिर्जना, राजश्व प्रणाली सुधार, स्थानीयको क्षमता वृद्धि गर्न बिभिन्न तालिमहरु, नेपाल ईन बिजनेस जस्ता क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्दै आएको बताए । त्यस्ता क्षेत्रहरुमा हाल लुम्बिनीका केही पालीकाहरुमा प्रदेश सरकार मार्फत काम भैरहेको जानकारी दिर्दै सिद्धार्थनगरमा पनि आवश्यकताका आधारमा सहयोग गर्न सक्ने उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले सिमित स्रोत र साधानबाट पनि नगर बिकासमा उल्लेख्य काम भएको बताउर्दै दातृ निकायबाट सहयोग पाउन सके यस नगरलाई नमुना नगरको रुपमा बिकास गर्न सकिने बताए । उनले रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, नगरको सुन्दरीकरणको क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गरे ।
स्थानीय सरकारसगं जनताको धेरै अपेक्षा हुने तर स्रोत, साधन, अधिकार र बजेट सघिंय सरकारमै रहेकाले सोचे अनुसार काम हुन नसक्ने उल्लेख गर्दै प्रमुख खानले दातृ नियकायहरुले पनि सिधै स्थानीय तहसगं साझेदारी गर्न सक्ने वातावरण मिलाउनु पर्ने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिधै स्थानीय तहले काम गर्न पाउने अवस्था आएका धेरै प्रभावकारी रुपमा काम हुने विश्वास ब्यक्त गरे ।