२०८१ श्रावण १२

जन्मदिनमा दृष्टिबिहिनलाई भोजन
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २२, मंगलवार ०४:४० गते

बुटवल  । लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडा लुम्बिनी प्रदेशका अध्यक्ष गणेश प्रसाद भट्टराईले दृष्टिबिहिनलाई खाना खुवाएर आफ्नो जन्म दिन मनाएका छन । रुपन्देही नेत्रहीन संघमा बसोवास गर्ने तथा संघमा आवद्ध ३५ जनालाई खाना खुबाएर जन्मदिन मनाएको भट्टराईले बताए । नेपाल अटो मेकानिक्स टे«ड युनियन बुटवल, जागृति बहुउद्देश्यीय सहकारी सस्था, अर्घाखाँची ठुलोपोखरा सम्पर्क समाजलगायतमा अध्यक्ष रहेका भट्टराईले आफ्नो ५१ औं जन्मदीन मनाएका हुन् । बिगतका दिनमा पनि बिभिन्न संस्थामा जन्मदीनको अबसरमा सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि यस किसिमका कामलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा सीता भट्टराई, तिलकराम पाण्डे, शिवहरी भण्डारी, लुम्बिनी नेत्रहीन संघको अध्यक्ष बालकृष्ण मरासिनी, रुपन्देही नेत्रहीन संघका अध्यक्ष कृष्ण बहादुर जि. सी., बुटवल उद्योग बाणिज्य संघका नेत्र प्रसाद पाण्डे, रुपन्देही नेत्रहीन युवासंघको अध्यक्ष टिकाराम पौडेललगायतको उपस्थीति रहेको थियो ।