२०८१ श्रावण १२

लुम्बिनी सरकारले सञ्चार विधेयक सदनमा पेश गर्ने
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २२, मंगलवार १६:२५ गते
बुटवल ।
लुम्बिनी प्रदेश सरकारले परिमार्जजनसहितको सञ्चार विधेयक सदनमा पेश गर्ने भएको छ । प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गरेको छ । प्रदेशले यस अघि ल्याएको सञ्चार विधेयक को चर्को विरोधपछि परिमार्जनसहितको विधेयक सदनमा पेश गर्न लागिएको हो ।  सरकारका प्रवक्ताा समेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले  लुम्विनी प्रदेश राजधानीको गुरु योजना समेत बैठकले स्वीकृत गरेको पनि बताए ।
बैठकले वि.सं. २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक, पर्व एवम् सट्टा विदा र कार्यालय समय स्वीकृत गरेको छ । मन्त्री परिषद्ले पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले सदस्यमा चित्र बलिराम सुवाल र शान्ता सारु (पाल्पा) लाई मनोनीत गरेको छ ।  लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय समेत भएको प्रवक्ता शर्माले बताए ।
यसैगरी मन्त्री परिषद्ले  प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । यस्तैे प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।  प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८,  प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८, लालमटिया स्वास्थ्य चौकी, भालुबाङ, दाङलाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सञ्चालन ल्याउन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।