२०८१ चैत्र २७
जन्मदिनमा लक्ष्मीले गरेकी थिइन् सामाग्री सौजन्य
बुटवल १६ पुस ।
ग्लोबल बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा सस्थाकी कार्यसमिति सदस्य लक्ष्मी अधिकारीको सौजन्यमा मणिग्राम स्थीत शान्ति नमुना विद्यालयमा रहेका ४० जना दृष्टिविहिन विद्यार्थीका लागि विभिन्न सामाग्री वितरण गरिएको छ । अधिकारीले जन्मदिनमा दृष्टि विहिन विद्यार्थीहरुलाई विभिन्न सामाग्री सौजन्य गरेको र ती सामाग्री सहकारीको आयोजनामा वितरण गरिएको सहकारीका अध्यक्ष पदमलाल घिमिरेले बताए ।
सहकारीले मणिग्राम स्थीत शान्ति नमुना विद्यालयमा रहेका ४० जना दृष्टिविहिन विद्यार्थीका लागि विभिन्न सामाग्री वितरण गरेको हो ।
लक्ष्मीले २० थान बलाङकेट, ५ वटा इलेक्टिक कितली, २ वटा थर्मस र केही जुससहितका सामाग्री सौजन्य गरेकी थिइन् । सहकारीका अध्यक्ष पदमलाल घिमिरेले विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुका लागि ती सामाग्री आवश्यक रहेको अवस्थामा लक्ष्मीबाट सौजन्य पाएका सामाग्री वितरण गरिएको बताए । जन्म दिनमा गरिएको यस किसिमको कामबाट अरुले पनि शिक्षा लिएर रचनात्मक काम गर्न उनले सुझाव दिएका छन् ।
सहकारीको टिम विद्यालयमा पुगेर विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई सामाग्री प्रदान गरिएको थियो । लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, सहकारीका अध्यक्ष घिमिरेसहित सहकारीका पदाधिकारीहरुको उपस्थीति रहेको थियो । त्यस्तै कार्यक्रममा पश्चिम नेपाल विकास ट्रष्टका उपाध्यक्ष माधवप्रसाद आचार्य, सहकारीका सचिव खगेश्वर भण्डारी, कोषाध्यक्ष ताराप्रसाद पाण्डे, सदस्य एकदेव बस्याल, गोविन्द वन्जाडे, शिक्षा उपसमिति सदस्य देवीप्रसाद घिमिरे, महिला समिति सदस्य पवित्रा लम्साल, ब्यवस्थापक लक्ष्मण रेग्मी, विद्यालयका शिक्षकहरु धर्मदत्त शर्मा र सिता गौतम, रामप्रसाद पौडेल, शारदा पाण्डे, आशिष ढकाललगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा जन्मदिनमा लक्ष्मी अधिकारीले रचनात्मक काम गरेको भन्दै सहभागिहरुले यस किसिमका कामले समाजमा सकरात्मक सन्देश प्रवाह हुने बताएका थिए ।