२०८१ चैत्र २७
काठमाण्डौं १६ पुस ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो । आज मंगलबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको छ। मूल्यबृद्धिअनुसार काठमाडौंमा डिजेल प्रतिलिटर १५३ तथा पेट्रोलको मूल्य १६३ पुगेको छ। हवाई इन्धनको मूल्य भने घटेको छ।