२०८१ माघ २३

मदन भण्डारी गोल्डकप भलिबलः आर्मी र मणिमुकुन्दको जीत
  • लुम्बिनी खोज
  • २०८१ पुष १८, बिहीबार १५:०३ गते

बुटवल १८ पुस ।
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले जीत हात पारेका छन् ।
तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ ।
बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आर्मीले भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनलाई ३ – १ सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट १५– २५ ले हारेपनि त्यसपछि खेलको लय समात्दा जीत निकालेको हो ।
त्यसपछि दोस्रो सेट २९–२७ ले जित्दै आर्मी खेल फर्कियो । तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्दै आर्मी पहिलो जित हात पार्न सफल भयो ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा दोस्रो खेल रुपन्देहीको मणीमुकुन्द भलीबल क्लबले ३–० को सोझो सेटमा जितेको छ । पहिलो सेटमा मणिमुकुन्द क्लबले २५–२१ ले जितेको थियो । दोस्रो सेटमा २५ –१५ हुदै मणिमुकुन्द पुन अगाडि लागेको थियो । तेस्रोमा २५– २१ सेट ल्याएपछि मणिमुकन्द विजयी बनेको थियो ।
बिहीबारको ससस्त्र प्रहरी र गल्कोटबीचको खेल भने शीतलहरका कारण स्थगित भयो । खेलमा चौथो सेटको प्रतिश्पर्धा हुदैगर्दा शीतलहरका कारण खेल स्थगित भएको हो । सम्पन्न भएका सेटहरुमा २ सेट गल्कोटले र १ सेट सशस्त्र प्रहरीले जितेका थिए । स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिने बताइएको छ ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।
च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ ।
प्रतियोगितामा एक भारतियसहित ८ टिम सहभागी छन् । ती मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र हुन्।