२०८१ पुष २४
बुटवल स्वास्थ्य क्षेत्रमा पनि अब्बल बनेको दावी
बुटवल २२ पुस ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुवं मन्त्री संजय गौतमले बुटवल मेडिकल हवका रुपमा विकसित हुदै गएको बताएका छन् । उनले बुटवलमा नीजि क्षेत्र र सरकारी अस्पतालहरुको अवस्था हेर्दा मेडिकल हवका रुपमा चर्चा गर्न सकिने अवस्था देखिएको बताए । उनले बुटवल हस्पिटल प्रा लि को अवलोकन गर्दै नीजि क्षेत्रको निकै ठुलो लगानी र हिम्मतका साथ अन्तराष्ट्रिय स्तरकै भौतिक संरचनाको अस्पताल निमार्ण भएको बताए ।
बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेता गौतमले सरकारले नीजि क्षेत्रलाई संगै लिएर हिडेमा मात्र नागरिकहरुको स्वास्थ्य समस्याको समाधान गर्न सक्ने बताए । सरकारले आफ्नै डम्फु बजाउने, नीजि क्षेत्रलाई उपेक्षा गरे सरकारले नागरिकहरुको स्वास्थ्यमा काम गर्न नसक्ने ठोकुवा गरे । उनले दलहरुकै कारण अहिलेको अवस्था आएको भन्दै सरकारले गर्न नसकेका कामहरु नीजि क्षेत्रबाट भैरहेको भन्दै प्रशंसा व्यक्त गरे ।
पुर्वमन्त्री गौतमलाई स्वागत गर्दै बुटवल हस्पिटल प्रा लि का अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलबाट धेरै बिरामीहरुको उपचारका लागि भारतिय शहरहरमा जानु पर्ने र लुटिएको अवस्था आएकोले त्यसलाई रोक्न अस्पताल निमार्ण गरिएको बताए । उनले भौतिक संरचना संगै अस्पताल उपकरण र दक्ष जनशक्तिपुर्णरहेको दावी समेत गरे ।
सो अवसरमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु पोख्रेल, वालकुमारी भण्डारी, कुमार केसी, रवि विक, सुमित्रा आचार्य,बुटवल हस्पिटल प्रा लि का सचिव मोहन पाण्डे बिक्रम खड्का लगायतको सहभागिता रहेको थियो ।