२०८१ माघ १

घट्यो सेयर बजार, नेप्से परिसूचक १५ अंकमा
  • लुम्बिनी खोज
  • २०८१ पुष २९, सोमबार ११:०५ गते

बुटवल २९ पुस ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर दुई हजार ५९४.१३ को विन्दुमा कायम भएको हो । सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ । यसमध्ये आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो । ६३ कम्पनीको मूल्य बढ्दा बाराही हाइड्रोपावरको मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।
आज विभिन्न ३२२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता सेयर ६४ हजार २७८ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ६५ करोड आठ लाख ८३ हजारबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।