२०८१ माघ २
बुटवल २ माघ ।
आज सेयर बजार परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । नेप्से आज २५९५.९६ अंकमा पुगेको छ ।
आज बुधबार सोमबारको तुलनामा कारोबार रकम कम भएको छ । आज सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।
आज कुल २ सय ९९ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।