२०८१ माघ ६
सांसदहरुले उठाए विभिन्न विषय
बुटवल ६ पुस ।
लुम्बिनी प्रदेश सभामा पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल आइतबार सकिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको पाँचौं अधिवेसनको तेस्रो बैठकमा उक्त विधेयकमाथी शैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको शैद्धान्तिक छलफलमा तीनजना प्रदेश सभा सदस्यले भाग लिएका थिए ।
प्रदेश सभा सदस्यहरु बिष्णु पन्थि, इन्द्रजीत थारु, निमा गिरीले छलफलमा भाग लिएका थिए ।
बैठकमा बिशेष समयमा छ जना प्रदेश सभा सदस्यले विभिन् विषय उठाएका थिए ।
उनिहरुले प्रदेश सरकारले दायित्व भुक्तानीलाई छिटो गर्नुपर्ने, छाडा पशु चौपायाको समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने, विद्यालयमा विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेर अंगभंग गराएका बिषयहरु समेत उठाए ।
प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सरकारले सामाजिक अराजकतालाई न्यूनिकरण गर्नेगरी भूमिका बढाउनुपर्ने बताए । प्रदेश सभा सदस्य भगवती अधिकारीले विद्यालयमा विद्यार्थी कुटिने र अंगभंग भएकोघ घटनाको छानविन गर्न माग राखिन । प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले सदनमा उठेका प्रश्न तथा सवालको जवाफ सरकारले दिनुपर्ने माग राखे । प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तु क्षेत्रमा छाडापशु चौपायाको समस्या अझैं समाधान हुन नसकेको सुनाए । प्रदेश सभ सदस्य यमबहादुर नेपालीले मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्न जोड दिए ।
बैठकमा पाँचौं अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्वन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्तिमगरले पढेर सुनाएका थिए । पाँचौं अधिवेसनको चौथो बैठक सोमवार दिउँसो १ बजे बस्ने छ ।