२०८१ माघ २३
बुटवल ६ माघ ।
नेपाल सरकारद्वारा हालैमात्र रुपन्देही जिल्लाको भूमि समस्या समाधान आयोगका अध्यक्षमा नियुक्त भएका कुमार थापालाई यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले आइतबार सम्मान गरेको छ ।
कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य रहेका थापालाई भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा सरकारले नियुक्त गरेको भन्दै कोषले सम्मान गरेको हो । त्यस अवसरमा बोल्दै नवनियुक्त अध्यक्ष थापाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा गम्भीर भएर लाग्ने बताए । आफू यो पदमा नियुक्त हुनु भलाई कोषको लागि पनि गर्वको विषय भएको भन्दै उनले आयोगले एकचरणमा भूमिहीनका निवेदन लिइसकेको र थप छुटपुट भए फेरि एकपटक आवेदनको मौका दिने गरी तयारी भैरहेको बताए ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले संस्थाका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापा भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा नियुक्त हुनु कोषको लागि पनि गौरवको विषय भएको बताए ।