२०८१ माघ २३

लुम्बिनीका प्रमुख सचिव पन्थको बिदाई
  • लुम्बिनी खोज
  • २०८१ माघ ६, आईतवार १२:१४ गते

दाङ ६ पुस ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार एक कार्यक्रमका विच मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख सचिव पन्थलाई विदाई गर्दै प्रशंसा–पत्र प्रदान गरे ।
संघीयता कार्यान्वयन गर्दैै कर्मचारी प्रशासनलाई चुस्त बनाउन पन्थले अतुलनिय भूमिका खेलेको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे ।‘प्रदेशमा जनशक्तिको अभाव थियो । कति कर्मचारी आवश्यक हो भन्ने पनि एकिन थिएन । तर, उहाँको नेतृत्वमा ओएनएम सर्भे गरेर दरबन्दी एकिन गर्ने काम भयो’मुख्यमन्त्री आचार्यले भने,‘अव प्रदेशलाई चाहिने जनशक्ति व्यवस्थापन गर्ने काम लोकसेवा मार्फत अघि बढेको छ । अव लुम्बिनीले जनशक्तिको समस्या भोग्नेछैन ।’ प्रदेशलाई सुशासनयुक्त बनाउन र भ्रष्टाचार विरुद्ध अभियान चलाउन पाँच बर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको समेत मुख्यमन्त्री आचार्यले बताए । पन्थ गत जेठ ८ गते निमित्त प्रमुख सचिव, साउन ७ गते देखी कायम मुकायम सचिव र भदौ २७ गते देखी प्रमुख सचिवको जिम्मेवारीमा थिए। पन्थको बागमती प्रदेशमा प्रमुख सचिवको रुपमा सरुवा भएको हो । प्रदेशमा निजामती सेवा र प्रशासनलाई चुस्त बनाउन सबै पक्षबाट साथ सहयोग प्राप्त गरेको बताए । लुम्बिनीमा बाबुराम अधिकारी प्रमुख सचिवको रुपमा आउदै छन् ।