२०८१ माघ २३
बुटवल ११ माघ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल– गोरुसिंगे सडक खण्ड स्तरोननतीको शुक्रवार बुटवलमा शिलन्यास गरिएको छ । ५० किलोमिटर लामो सडक विस्तारका शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले आफ्नो देश आफै बनाउने दृष्टिकोणका साथ अगाडी बढ्नुपर्नेे बताए । हामीले गर्ने आट भएन भने काम हुदैन भन्दै उनले बिकास निर्माणका लागि प्रतिवद्धता चाहिने बताए ।
भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले मुलुक बनाउन स्पष्ट दृष्टिकोण र प्रतिवद्धता चाहिने धारणा राख्दै सरकार स्पष्ट दृष्टिकोणका साथ लागि परेको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका लागि राजनीतिक स्थीरता आवश्यक पर्ने भन्दै राजनीतिक स्थीरताका लागि ठूला दल मिलेर सरकार बनाएको बताए । राष्ट्रिय आवश्यकता अनुसार अहिलेको सरकार बनेको जिकिर गर्दै उनले अघिल्ला सरकारहरुले गर्न नसकेका कामहरु पसिन यो सरकारले अगाडी बढाएको बताए ।
अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो सडक खण्ड आधुनिक र ब्यउवस्थीत हुने गरी काम अगाडी बढ्ने बताए । उनले समय नलम्बाइ, लागत नबढाइ गुणस्तरी रुपमा काम सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले सिद्धबाबा सुरुङ मार्ग सरकारको आफ्नै रकमबाट निर्माण थालेको मुलुकको पहिलो सुरुङ मार्ग भएको उल्लेख गर्दै समयमै सम्पन्न हुने विश्वास ब्यक्त गरे । उनले सुरुङ माग निर्माण साथै बुटवल पोखरा सडक खण्ड दुइ लेनमा विकास गर्ने गरी काम अगाडी बढाइने पनि बताए । यस सडक स्तरोन्नती गर्दै काम गर्दा दुरी पनि घट्ने गरी काम हुने बताए । उपप्रधानमन्त्री पौडेलले रुपन्देहीको चौतफी विकासमा आफूले विशेष ध्यान दिएको चर्चा गर्दै संसारका मानिसहरु आउने जिल्लाका रुपमा विकास गरिने बताए ।
यस्तो बन्दैछ बुटवल गोरुसिंगे सडक
बुटवल –गोरुसिंगे सडक खण्ड बन्यजन्तु तथा वातावरण मैत्री वनाउने गरी निर्माण कार्य अगाडी बढाइएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगतको ५० किलोमिटर लामो सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रुपैया को ठेक्का सम्झौता भई काम अगाडी बढाइएको छ ।
काम शुरु गरेको तीन वर्ष भित्र योजना सम्पन्न गर्ने गरी चिनिया कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशिष निमा्र्रण सेवा नेपाल जेभीसग सम्झौता भएकाले कामले गति लिने सडक विस्तार आयोजनाले जनाएको छ ।
यस सडक खण्डमा वन क्षेत्र पनि पर्ने भएकाले जन्यजन्तु मैत्री बनाउने गरी सडक विस्तार गर्न लागिएको छ । वातावरणमैत्रीसगै वन्यजन्तुमैत्री सडक बन्ने बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताएकी छिन् । कपिलवस्तुको चन्द्रौटा सम्म विस्तार गर्ने योजना रहेको पनि पहिलो चरणमा बुटवल गोरुसिंगे सडक खण्डको काम अगाडी बढाइएको छ ।
गोरुसिंगे–चन्द्रौटा सडक खण्ड १९ किलोमिटरका लागि डिजाइनकमो काम भइरहेको छ । बुटवल–गोरुसिंगे सडक खण्ड बन क्षेत्रमा २४ मिटर देखि शहरी क्षेत्रमा ५० मिटरसम्मको बनाइदैछ ।
बन्यजन्तुका लागि १९ वटा अण्डरपास बन्ने
यस सडक खण्डमा सालझण्डी–पिपरा सडक खण्डमा जंगल क्षेत्र रहेको छ । त्यस्तै बनगाइ–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र रहेको छ । यी जंगल क्षेत्र हुदै रहेको यो पूर्व पश्चिम राजमार्गको उत्तर तथा दक्षिण क्षेत्रमा जंगल पर्ने हुदा जनावरहरु उत्तर दक्षिण आवत जावत गर्दा यो सडक पार गर्नुपर्ने भएकाले वन्यजन्तु मैत्री सडक बनाउन लागिएको हो । सडक विस्तारपछि सडक फराकिलो हुने र सवारी साधनकोृ गति पनि बढी हुने हुदा वन्यजन्तु आवत जावत गर्दा अवरोध नहोस र उनीहरुलाई कुनै प्रकारको क्षती नहोस् भनेर अण्डर पाससहित सडक विस्तार गर्न लागिएको हो ।
जंगल क्षेत्रमा १९ जटा अण्डर पास बनाइने भएको छ । १९ वटा मध्ये सालझण्डी पिपरा खण्डमा ४ वटा बनाइने छ । त्यस्तै कोइली बनगाई–गोरुसिंगे जंगलमा १० वटा अण्डर पास बनाइने छ ।
योजना कार्यालयका लेखा अधिकृत राजेन्द्र प्रसाद आचार्यले सडक खण्डमा पर्ने रुख हटाउने र नया बिरुवा रोप्ने काम पनि अगाडी बढाइएको बताएका छन् । विरुवा रोप्नका लागि ४ करोड रुपैया छुट्टाइएको छ ।
३० वटा पुल, १४९ कल्र्भट बन्ने
यस सडक खण्डमा ३० वटा पुल बन्ने छन् । त्यस्तै बजार क्षेत्रमा सडक पार गर्न सहजताका लागि ओभरहेड व्रिज पनि बन्ने छन् । यस सडक खण्डमा १४९ कल्र्भट तथा ६ अण्डरपास बन्ने छन् । यस सडकको विस्तारको काम गर्दा सवारी आवागमनमा अवरोध नहुने गरी अगाडी बढाउने योजना कार्यालयको छ । पुल, कस्रिङ देखि सर्भिस लेनको काम गरेपछि बीचको सडक भत्काउने र बनाउने काम अगाडी बढाइने भएको छ । सडक विस्तारको काम शुरु गरेपछि वीच सडकको काम नथाल्दैबाट नै सडकमा खाल्टाखुल्टी परेमा मर्मत संभारको काम पनि निर्माण ब्यवसायीले गर्ने आयोजनाले जनाएको छ । कार्यालय प्रमुख इन्जिनियर न्यौपानेका अनुसार यसो गर्दा सडक विस्तारको काम हुदा पनि सहज रुपमा यातायात सञ्चालनको ब्यवस्था मिलाउन सहज हुने छ ।