२०८१ माघ १६
बुटवल १३ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसमेतविरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको बिहीबारदेखि सुरु भएको थुनछेक बहस आइतबार सकिएपछि अदालतले लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले सो आदेश दिएको हो ।
लामिछाने यस अघि पोखराको सूर्यदर्शन सहकारी रकम ठगीको अभियोगमा कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए।