२०८१ चैत्र ४

सिद्धार्थनगरको ५७ औं स्थापना दिवसमा विभिन्न कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ माघ २०, आईतवार १०:२६ गते

रुपन्देही २० माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाको माघ २२ गते स्थापना दिवस हो ।
वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नाममा यस नगरपालिका स्थापना भएको थियो । सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले दिवसको अवसरमा विभिन्न संघसंस्था, नगरबासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गर्ने बताए ।
सामुदायीक एवं संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरु आफ्नो पोशाक र ब्यानर सहित सहभागी हुने तर विद्यार्थीहरुलाई भने ¥यालीमा सहभागी नगराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार नगरभित्र रहेका अन्य सघंसंस्था र आम नगरवासिलाई ¥याली तथा मुल समारोहमा उपस्थितीकोलागी आह्वान समेत भएको छ ।
२२ गते बिहान १० बजे नगरपालिकाको कार्यालयमा जममा हुने र बैंकरोड, देवकोटा चोक हुदै महेन्द्र सभागृहमा पुगेर शुभकामना आदान प्रदानमा परिणत हुने गरी कार्यक्रम तय गरिएको स्थापना दिवस कार्यक्रमका सयोंजक एवं वडा नं २ का अध्यक्ष छेदिलाल श्रीवास्तवाले बताए । स्थापना दिवसको दिन पालिकाले विद्यालय, स्वास्थ्य केन्द्र तथा पालिका र वडा कार्यलयमा बिदा समेत दिएको छ ।
स्थापनाको अवसरमा २१ र २२ गते साँझ दिप प्रज्ज्वलन गर्ने र नगरवासिलाई समेत दिप प्रज्ज्वलन गर्न आग्रह गरेको उप प्रमुख उमा अधिकारीले जानकारी दिईन् । स्थापना दिवसको कार्यक्रमलाई भब्य र सभ्य रुपमा मनाउन तयारी तिव्र पारिएको उनले बताईन् । स्थापना दिवसको अवसरमा नगरपालिकाले आईतवार जनप्रतिनिधी, कर्मचारी र पत्रकार बिच मैत्रीपुर्ण क्रिकेट तथा महिला जनप्रतिनिधी र महिला कर्मचारी बिच मैत्रीपुर्ण फुटसल प्रतियोगीता समेत गराएको खेल सयाेंजक एवं वडा नं ६ का अध्यक्ष बिरेन्द्र श्रीवास्तवले जानकारी दिए ।