२०८१ फाल्गुन २९

बुटवल हस्पिटल र वरदान आई भि एफ बिच सम्झौता
  • लुम्बिनी खोज
  • २०८१ माघ २५, शुक्रबार ०५:३४ गते

बुटवल । एक सय बेड सञ्चालन अनुमति रहेको बुटवल हस्पिटल प्रा लीले आफ्नो सेवा र सुविधा विस्तार गर्दै लगेको छ। यसै क्रममा अस्पतालले बुटवलमा रहेको वरदान आइ भि एफ सँग उपचार सम्झौता गरेको हो। यो सम्झौतासँगै अब वरदान मार्फत आई भि एफ सेवा लिएका सेवाग्राहीहरुले बुटवल हस्पिटल प्रा ली मा प्रसुती सेवा लिने छन्। निसन्तान दम्पतिका लागि उपचार केन्द्र बन्दै गएका आइ भि एफबाट आउने सेवाग्राहीका लागि पनि बुटवल हस्पिटल पहिलो रोजाई बन्दै गएको छ। अस्पतालको भौतिक संरचना दक्ष जनशक्ति र अत्याधुनिक उपकरणका कारण बुटवल हस्पिटल प्राली सेवाग्राही हरूको रोजाइमा परेको हो।
बुटवलमा निकै सफल रहेको वरदान आइभि एफ सँग सम्झौता भएसँगै दुवै संस्थाबीचको सहकार्यले सेवाग्राहीका लागि सहज भएको छ। सम्झौता पत्रमा बुटवल हस्पिटल प्रालीका जनरल म्यानेजर देवेश कर्ण र वरदानका तर्फबाट डाइरेक्टर सबिना सिमखडाले हस्ताक्षर गर्नुभयो। सो अवसरमा बुटवल हस्पिटल प्रा लीका जनरल म्यानेजर कर्णले बुटवलमा आइभिएफ मार्फत सेवा लिनुभएका सेवाग्राहीहरुलाई अब प्रसुती सेवाका लागि अन्यत्र जान नपर्ने बताउनुभयो । उहाँले आमा र बच्चा दुवैका लागि भरपर्दो सुविधा सम्पन्न सेवा बुटवल हस्पिटलले प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । वरदानका डाइरेक्टर सिमखडाले बुटवलमा सबै हिसाबले उपयुक्त अस्पताल बुटवल हस्पिटल नै भएकोले सम्झौता गरिएको बताउनुभयो। निसन्तान दम्पतिहरूले आइभिएफ सेवा लिन यस अघि भारत र अन्य सहर जानुपर्ने भएपनि अहिले बुटवलमै यो सेवा सुरु भएको छ।