२०८२ असार ७
बुटवल ८ फागुन ।
नेप्से परिसूचक बिहीबार नेप्से ३.१४ अंकले बढेको छ । आज नेप्से दुई हजार ७४३.७४ विन्दुमा कायम भएको छ।
आज ३०९ कम्पनीका एक करोड ५६ लाख ३७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनमा मंगलबार १० अर्ब ३७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये चार समूहको सूचक बढ्दा बाँकी सबै समूह घटेका छन्।