२०८१ श्रावण १२

नौलो सहकारीद्वारा भित्तेपात्रोको बिमोचन
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २७, आईतवार ११:५४ गते

बुटबल ।
नौलो बहुउदेश्यीय सहकारी संस्था बुटबलले २०७९को भित्तेपात्रो बिमोचन तथा नयॉ बर्षको शुभकामना आदान प्रदान एक कार्यक्रम बिच सम्पन्न गरेको छ ।
नौलो सहकारीको शिक्षा उप‒समितिले तैयार गरेको भित्तेपात्रोको आइतबार एक कार्यक्रमका बिच नौलो सहकारीका अध्यक्ष माधब प्रसाद श्रेष्ठले बिमोचन गरेका थिए । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष श्रेष्ठले सहकारीले आगामी दिनमा शेयर सदस्यको आयआर्जन बृद्वी गर्न र सामाजिक कार्यमा समेत सफल र उदाहरणीय बनोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नौलो सहकारीका शिक्षा उपसमितिका संयोजक बिकास जंग बस्नेतले सहकारीले सामाजिक उत्तरदायित्बको क्षेत्रमा समेत क्रियासिल रहेको जानकारी दिए । कार्यक्रममा सहकारीका सल्लाहकार दिपक बस्याल , उत्सब न्यौपानेले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममको सञ्चालन सहकारीका शिक्षा उपसमिति सदस्य केशब पौडेलले गरेका थिए ।