२०८२ बैशाख २

रोहिणीमा वृहत निःशुल्क स्वास्थ्य शिविर
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन ११, आईतवार १३:०८ गते

बुटवल ११ फागुन ।
रोहिणी गाउपालिकामा वृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । पश्चिम नेपाल विकास ट्रष्ट र प्रोडिजि वर्कफोर्स मेनपावर प्रा.लि.को सम्युक्त आयोजना र मंगलम इन्डष्ट्रिज लि., नम्बर वान पेष्ट कन्ट्रोल को व्यवस्थापन सहयोग र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, स्वास्थ्य शाखा रोहिणी गाउँपालिका को प्राविधिक सहयोगमा रोहिणी गाउपालिका वडा नं. ३ मंगलम इन्डष्ट्रिजमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
कार्यक्रम पश्चिम नेपाल विकास ट्रष्टका कावा अध्यक्ष माधव प्रसाद आचार्य को अध्यक्षता र रोहिणी गा.पा. स्वास्थ्य शाखा प्रमुख श्री राम नेवास चौधरीको प्रमुख आतिथ्यता, मंगलम इन्डष्ट्रिज का जनरल मेनेजर प्रदिप कुमार शुक्लाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा श्रम तथा रोजगार कार्यालय कार्यालय निरीक्षक बुटवलका अविनाश विक, एस.एस.एफ. कार्यालय बुटवलका केदार पौडेल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका तेज कुमार के.सी., नेपाल भारत मैत्रीसंघ जिल्ला अध्यक्ष श्रीचन्द गुप्ता, बेलहिया उपशाखा अध्यक्ष पशुपति कान्दुु, सल्लाहकार अर्जुन गिरीको उपस्थिति रहेको थियो ।
पश्चिम नेपाल विकास ट्रष्ट का सचिव पदमलाल घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रमको संयोजक प्रोडिजि वर्कफोर्स मेनपावर प्रा.लि.का शारदा भट्टराईले गरेकी थिइन् । पश्चिम नेपाल विकास ट्रष्ट का सचिव घिमिरेका अनुसार शिविरमा जनरल फिजिसियन ५०, दन्त उपचार ३०, हाड तथा नशारोग ४०, महिला रोग ३०, आँखा उपचार ३२, नाक कान घाटी ३५, छाला रोग उपचार २५ जना गरी जम्मा २४२ जनाको चेकजाच गरिएको थियो ।