२०८१ चैत्र २८
बुटवल २२ चैत ।
उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ। यसअघि जिल्ला अदालतले एक करोड धरौटीमा छाड्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले शुक्रवारको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको बताए ।
सुप्रिम सहकारी ठगीको मुद्दामा जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
त्यस्तै, छविलाल जोशीको हकमा जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश भएको छ।
सो मुद्दामा उच्चमा बिहीबारदेखि बहस सुरु भएको थियो । यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने आदेश गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत फागुन २६ गते तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका थिए ।
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने रुपन्देही जिल्ला अदालतले मागेको धरौटी खारेज गर्न माग गर्दैै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा उनीसँग १ करोड धरौटी मागेको थियो । धरौटी रकम परिवर्तन गरी साधारण तारेखमा राखेर मुद्दाको पुर्पछ गरी पाउ भनि निवेदन पेश भएको थियो ।
यहा सरकारी वकिलले फागुन १ मा लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो । लामिछानेलाई धरौटी नभई थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले निवेदन दिएको थियो । त्यस्तै यहा थुनामा नराखी मुद्दा लड्नुपर्ने मागसहितको निवेदन छविलाल जोशी बन्जाडेको पनि रहेको मा यी निवेदनमाथि शुक्रवार सुनुवाइ भएको हो ।
संयुक्त इजलासले यी सबै मुद्दा एक साथ हेर्दै रविको हकमा जिल्लाको आदेश बदर र छविको हकमा जिल्लाको आदेश सदर गर्ने आदेश गरेको सुचना अधिकारी कुँवरले बताए ।